Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Upiya KO Nibandha (Essay about Flea)<br></p>

Upiya KO Nibandha (Essay about Flea)

प्रेरणा विद्याश्रमको प्रस्तुति राष्ट्रिय देखि अन्तर्राष्ट्रिय महोत्सवसम्म

शिक्षा दिनु, लिनु भनेको हरेक दिन स्कुल आउनु र कक्षामा बसेर पढ्नु मात्र होइन । हामीले यही कुरा मनन गर्दै विद्यार्थीहरुलाई विभिन्न क्रियाकलापहरुमा सहभागी गराउ“छौं र उनीहरुलाई एकोहोरो पढाईबाहेक अन्य क्रियाकलापमा सहभागी हुन उत्साहित र प्रेरित गरिरहन्छौं । फलस्वरुप प्रेरणा विद्याश्रममा चित्रकला, नृत्य, संगीत, गीत, साहित्य लेखनस“गै नाटक क्लब स्थापित गरेका छौं । नियमित नाटक र अभिनयको कक्षा तथा कार्यशाला सञ्चालन गरिरहेका छौं । यसै कक्षा र कार्यशालाबाट निर्माण भएको हो नाटक ‘उपिया“को निवन्ध’ । यस नाटकलाई प्रेरणा विद्याश्रमले राष्ट्रिय बालनाटक महोत्सव, बालनाटक मेला हु“दै थिएटर सेन्टर फर चिल्ड्रेनस“ग मिलेर भारतको कोलकता अन्तराष्ट्रिय बालनाटक महोत्सवसम्म पु¥याइसकेको छ । नाटक क्लब स्थापना गरेर स्कुललाई अझ स्फूर्त बनाउन र बालबालिकाको वौद्धिक तथा सामाजिक विकास गराउन हामीलाई सजिलो भएको महसुस गरेका छौं । 

–हिराबहादुर महर्जन, प्रधानाध्यापक, प्रेरणा विद्याश्रम

टिसीसी नेपालः कोपिलामार्फत सुरुवात

‘एन इनिसिएशन थ्रु बड्स’ अर्थात कोपिलामार्फत सुरुवात भन्दै थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल)को स्थापना भएको हो । टिसीसी नेपालले बाल रंगमञ्चको समेत परिकल्पना गर्दै थिएटर मललाई नियमित नाटकघरस“गै बाल रंगमञ्चको पनि विशेष थलोको रुपमा समेत स्थापित गर्ने धेय थियो । फलस्वरुप थिएटर मलको नेतृत्वमा सुरु हुन लागेको किर्तिपुर रंगमञ्चमा छुट्टै बालनाटक घर समेत स्थापना हु“दैछ । 

‘बालबालिकालाई नाटकघर लैजाऔंः उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न र कल्पना गर्न सक्छन्’ भन्ने हाम्रो अभियान अझै सार्थक र बलियो बन्दैछ । यसैका लागि बाल रंगमञ्चसम्बन्धी अन्तराष्ट्रिय संस्था ‘आसितेज इन्टरनेशनल’ र ‘आसितेज नेपाल’संग आवद्ध भई हामी राष्ट्रियदेखि अन्तर्राष्ट्रिय रुपमा बाल रंगमञ्चको गतिविधि गरिरहेका छौं । 

विभिन्न स्कूल, संस्था तथा थिएटर मलमा बालबालिकालाई नाट्य तथा अभिनय कक्षा÷कार्यशाला चलाउ“दै आएको छ । साथै विभिन्न स्कूलदेखि थिएटरसम्म बालबालिकाहरुको लागि तथा बालसहभागितामूलक दुवै खालका नाटकहरु निर्माण तथा मञ्चन गर्दै आएको छ । यो नाटक पूर्ण रुपमा बालनाटक नहुन पनि सक्छ तर यसले बालबालिकाको समाजिक परिवेश र मनोविज्ञानलाई कसिलोसंग समातेको छ भन्ने विश्वास छ ।

– इलिना नकर्मी, महासचिव, टिसीसी नेपाल÷ प्रवन्ध निर्देशक, थिएटर मल

लिटोको लागि शुभकामना

रंगीन भविष्यको लागि पनि आभिभावकले डोहो¥याएर आफ्ना केटाकेटीलाई नाटकघरसम्म लैजानु जरुरी छ र संगसंगै नाटक हेर्नु अत्यावश्यक छ । अझ जसरी आमाले आफ्ना शिशुलाई खुवाउनुअघि लिटो चाख्छिन् र खुवाउन लायकको भए–नभएको जा“च गर्छिन्, त्यसरी नै अभिभावक, शिक्षक लगायतले नाटक हेर्नु र रङ्गमञ्चलाई महसुस गर्नु जरुरी छ । बाल साथीहरु र अभिभावकलाई शुभकामना । 

– शान्तदास मानन्धर, नेपाली बालसाहित्यका पिता 

About the play

राष्ट्रिय बालनाटक महोत्सवमा पहिलो मञ्चन भएको यो नाटक, बालनाटक मेला हुँदै थिएटर मल नाटकघरमा एक महिना नियमित मञ्चन भइसकेको छ । गत जेठमा कोलकता अन्तर्राष्ट्रिय बालनाटक महोत्सवमा चर्चा पाएको नाटक फेरि मण्डला थिएटर आइपुगेको हो । 
स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धको कथा हो नाटक ‘उपियाँको निबन्ध’ । परम्परागत शिक्षकको दवाव, आक्रोश र त्रासकाबीच एक बालकले अवोध रुपमा गरेको चतुर्याईंलाई बालमनोभाव मार्फत देख्ने प्रयत्न नाटकमा हेर्न सकिन्छ । यस नाटकको मूल समस्या र समाधान भनेकै बालकको निर्दोष चतुर्याईपछि शिक्षकको प्रतिक्रिया हो ।
कुनै एक निश्चित स्कुल र परिवेश, निश्चित पात्रमाथि नभई समग्रताको प्रतिनिधित्व गर्दै नाटकले समग्रताको कथा बोलेको छ । गम्भीर र जटिल विषयवस्तुमाथि सहज प्रस्तुतिमा ढाल्दै नाटकले हसाउँछ तर हसाउँदा हसाउँदै र हाँस्दाहाँस्दै विषयको गम्भीरतामा सोच्न ढकढकाउँछ ।
यसअघि विद्यार्थीको भूमिकामा वयस्क कलाकारहरु उत्रिनुभएको थियो भने यसपटक विद्यार्थी र शिक्षक दुवैको भूमिकामा प्रेरणा विद्याश्रमका साथीहरु फेरि उत्रिनुभएको छ । उहाँहरुले आफ्नो समयको भोगेका वा नभोगेका समस्यामा अभिनयमार्फत बा“च्ने प्रयत्न गर्नुभएको छ । अरु त नाटक आफै बोल्छ ।

Directional Note

हाँसोदेखि खुशीसम्म
‘बालबालिका रंगीन हुन्छन्’ भन्नेमा विश्वास गर्छु । तर कहिलेकाँही हाम्रा छेकबार र उर्दीहरुले उनीहरुको रंग फुंग उडाउने गर्छन् । जतिसुकै साना भएपनि उनीहरुको पनि मन हुन्छ, मस्तिष्क हुन्छ, र उनीहरुमा पनि आत्मसम्मान भन्ने कुरा हुन्छ । यसर्थः ‘सानालाई माया’ भन्ने पूरातन सोचबाट बाहिर निस्केर ‘सानालाई आदर’का साथ यो नाटक लेखेको हु“ । 
निर्देशनको रुपमा यो मेरो पहिलो अनि चौथो नाटक हो । नेपाल शेक र राष्ट्रिय नाट्य विद्यालय, नयाँ दिल्लीले गरेको एक महिने पूर्ण कार्यशालामा गफगाफका क्रममा एक चुट्किला सुनेर धेरैबेरसम्म हाँसे । शान्त हुँदा हाँसोभित्र निकै गम्भीरता देखें र त्यही चुट्किलाले नाटकको स्वरुप लिएको हो । २०६९ मै राष्ट्रिय बालनाटक महोत्सव हुँदै मण्डला थिएटरमा यो नाटकका केही मञ्चनहरु भएका थिए । पहिले मञ्चन भइसकेको भएपनि यो नाटक पुरानो भने होइन । अलिकति रमाउँदै, अलिकति डराउँदै यहाँहरुको प्रतिक्रिया कुरिरहेछु । –केदार श्रेष्ठ

Off Stage