Description
यौन हिंसाको सन्त्रासले होस् या विभेदले नारीहरु अझै आफुलाई सुरक्षित महशुस गर्न सकिरहेका छैनन् ः आप्mनै परिवार, समाज र राज्यमा । तर, हाम्रो विडम्बना एक्काइसौं शताब्दीमा पनि यौन र यौनिकताका विषयमा हार्दिकताका साथ हाम्रो परिवार, समाज र राज्य खुल्न नसक्नु एकातिर छ भने अर्कोतिर राज्य आफैं चोर र पुलिसको दोहोरो भूमिकामा देखिँदा नजानिदो तवरले मौलाएको वेश्याबृत्तिको पहाड कहाली लाग्दो बन्दैछ । सतहमा देखिएका सेक्सुयल प्रस्टिट्युडहरु त परिणाम मात्र हुन् । देश राजनैतिक, धार्मिक, बौद्धिक वेश्याहरुको चंगुलमा निस्सासिरहेको छ यतिखेर । जो सत्ताका निम्ति राष्ट्रियता बेच्छन्, जनताको रगत पसिनामाथि ठट्टा गर्छन् । जो भौतिक सुखका निम्ति आप्mनो आस्था र आत्मा बेच्छन्, अनि आफु अनुकूल शास्त्रको व्याख्या गर्दै विजनेस चलाउँछन् । जो बौद्धिकताको आवरणमा कालोलाई सेतो प्रमाणित गर्न उद्दत छन् । यसैको परिणाम ः समिक्षाहरु र विक्रमहरु जन्मिरहन बाध्य छन् । जति हामी साइकोलोजी खाइरहन्छौं र मान्छे हुनुको अर्थ बिर्सेर कलिका छायाँहरु उग्राइरहन्छौं–उति मनहरु, सम्बन्धहरु र सभ्यताहरु छिद्र बन्दै गईरहेका छन् । अतः परिवार, समाज र राज्यले सही ढंगले आप्mनो जिम्मेवारी निर्वाह नगर्दा जुन जटिल समय भोग्नु परेको छ । यसैको एउटा पोष्टमार्टम हो – छिद्र क्यानभास ।
Directional Note
भोगाईले मानिसलाई सोच्न बाध्य बनाउँछ । सोचले दृष्टिकोण बनाउँछ । दृष्टिकोणले सिद्धान्त अनि आदर्श । जो समय अहिले हामी भोगीरहेका छौं, देशले भोगिरहेको छ । यो वास्तवमै जटिल समय हो । तर अफसोच हामी विचारशून्य छौं, भावशून्य छौं । कहिलेकाही लाग्छ–देश रत्नपार्क, सुन्धारा र ठमेलको छेऊछाऊ असरल्ल डुलिरहेका छन्, ओठमा कृत्रिम मुस्कान टाँसेर, छातीमा पीडा, चित्कार र ऐंठनका छिद्रहरु बोकेर नगरबधुको भेषमा । तर त्यही नगरबधु जसलाई भोगेर जुन दुनियाँ आप्mनो कुण्ठा मेटाउँछन्, तिनीहरुकै दृष्टिकोण किन सभ्य र शालिन हुन सकेन ? कुनै ग्रहबाट आयातित होइन उनीहरु ; यही परिवार, समाज र राज्यको सोच र व्यवहारको परिणाम हुन भन्ने लाग्छ । आप्mनो शरीर लिलामी गर्ने नगरबधुहरुभन्दा आप्mना स्वार्थका लागि देश, आस्था र मानवतालाई नै लिलामीमा राख्ने राजनीतिज्ञ, धर्म गुरु र बौद्धिक वर्ग झन् भयानक छैनन् र ? यसैको खोजीमा जन्मेको नाटक हो–छिद्र क्यानभास । नाटक नगरबधुको कथालाई केन्द्रमा राखी अघि बढाएको छु । नाटकलाई मञ्चमा ल्याउन प्रक्रियाहरु अघि बढाईराख्दा नगरबधुको कथा भन्ने बित्तिकै मानिसहरु कसरी सोच्दा रै’छन् भन्ने नजिकबाट अनुभूत गर्ने मौका पाएँ । हुन त ३ वर्ष अघि नै लेखन सके पनि मञ्चनमा भने अहिले बल्ल उतारेको छु । यो नाटकलाई मञ्चमा ल्याउन मञ्च र नेपथ्यमा रहेर साथ दिने मेरा रंगकर्मी साथीहरु तथा भाइबहिनीहरु लगायत मेरा सम्पूर्ण हितैषी मित्रहरु, अग्रजहरु र दृश्यअदृश्य सहयोगी हातहरुमा हार्दिक कृतज्ञता नजनाई रहन सक्दिन । उहाँहरुकै साथ, सद्भाव र कडा मिहेनतले आज यस नाटकलाई मञ्चमा उतार्न सम्भव भएको छ । अन्त्यमा, यस नाटकलाई साथ दिन आउनुभएका हाम्रा आदरणीय यहाँहरुलाई विशेष धन्यवाद । यहाँहरुको प्रतिक्रियाको अपेक्षा ।
Cast & Crew
मञ्चमा राम केएसी महावीर विश्वकर्मा अंकित खड्का नेहा पोखरेल राजिन श्री आचार्य सिमन खड्का प्रिया पाण्डे सीता राना विनिता थापा शंकर पराजुली प्रभास लिम्बु केशवप्रसाद रिजाल अस्मिता तिमल्सिना नेपथ्यमा भेषभुषा : भिनमाया मानन्धर सहयोगी : पूर्णिका रेग्मी/अमृता खनाल सेट डिजाइन : घनश्याम श्रेष्ठ/टिकाभक्त सेट निर्माण : डम्बर ब. भण्डारी, सुरेश कार्की, रामशरण रेग्मी संगीत एरेन्ज : विनोद कुमार भुजेल स्वर : सिता सिंक लिम्बु कोरश : विद्या तिवारी पाश्र्व संगीत : शिवप्रसाद अधिकारी कोरियोग्राफी : सुष्मा कोइराला कविता वाचन : शकु शाह लाइट डिजाइन : राम केएसी आवरण सज्जा : दिलिप राई पिआर तथा डकुमेन्टेसन : एना देउजा सहयोगी : शिक्षा केसी/कुमार सिम्खडा बक्स अफिस : शिवशंकर भण्डारी रंग संयोजन : पूर्खाजित राई लेखन/संगीत/निर्देशन : टिकाभक्त जिरेल