Description
एक इज्जतदार घरको दुर्दशाको चित्र यस नाटकमा छ । यस घरका प्राणीहरु विवशतापूर्वक अधोगतिमा गएका देखिन्छन् । र यिनीहरुको इज्जतको पर्दा दिनदिनै च्यातिँदै गएको छ । अझ सबभन्दा चुत्थो कारण त यही छ कि – सचेत हुँदाहुँदै पनि र नचाहँदा नचाहँदै पनि यिनलाई तुच्छ काम गरेर जीन्दगी गुजार्नुपर्दछ । नाटकका हरेक पात्रभित्र एउटा छटपटि छ । जुन छटपटिमा आजको यथार्थ देख्न सकिन्छ । नाटक धेरैअगाडि लेखिएको नाटकलाई मञ्चन गर्ने क्रममा हामीले समसामयिक बनाउने प्रयास र सोहीअनुरुप नाट्य परिकल्पना गरिएको छ । केही संवादहरुमा सम्पादन र केही पात्रका नाउँ परिवर्तन पनि गरिएको छ । तर नाटकको भावमाथि भने अन्याय गरेका छैनौं भन्ने हामीलाई लाग्छ । नाटकको समय १ घण्टा १० मिनेट ।
Directional Note
अभिनयबाट सुरु गरिएको रंगमञ्च यात्रामा यो मेरो पहिलो निर्देशकीय प्रयास हो । खुबी भन्दा पनि रहरले अभिनय सुरु गरें र रहरले नै निर्देशन गरेको छु, नाटक ‘च्यातिएको पर्दा’ । गोठालेको नाटक पर्नु एक संयोग हो । साथी शंकर रिजाललाई धन्यवाद । म जन्मनुअघि लेखिएको नाटक अहिलेको समयमा सुहाउने गरी प्रस्तुत गर्न केही परिवर्तन गर्ने कोशिश गरेको छु । के कस्तो लाग्छ तपाईंहरुको खुला प्रतिक्रियाको प्रतिक्षामा छु । मलाई निर्देशनमा विश्वास अनि सहयोग गर्ने साथी केदार श्रेष्ठ लगायत सम्पूर्ण कलाकार अनि थिएटर मललाई धन्यवाद ।
Cast & Crew
मञ्चमा (प्रवेश क्रमानुसार)
अनुश्री – आकृति श्रेष्ठ
जानकी – विजया कार्की
शान्तदेव – केदार श्रेष्ठ
गोकुल – जीवन भट्टराई
हिरारत्न – प्रकु पाण्डे
जनक – कविर खड्का
ज्ञान – कुशल पाण्डे/दिलजंग गरुङ
पार्वती – सञ्जिता सञ्जी
नेपथ्यमा
पोष्टरकला – नारायणप्रसाद बोहजु
स्टेज सज्जा – बसुन राई/न्हूजः श्रेष्ठ
पोष्टर/ब्रोसर लेआउट – रमेश भट्टराई
सेट परिकल्पना – सुदाम सिके
सेट निर्माण – प्रकु पाण्डे/विजया कार्की
भेषभुषा – आकृति श्रेष्ठ/कुशल पाण्डे
पब्लिसिटी/माकेर्टिङ – जीवन भट्टराई/कविर खड्का
मिडिया संयोजन – केदार श्रेष्ठ
बक्स अफिस – शिवशंकर भण्डारी
संगीत निर्देशक – आधा सुर
प्रत्यक्ष संगीत – नरेश गजुरेल/आधा सुर
प्रकाश परिकल्पना – उमेश तामाङ
प्रकाश सञ्चालन – दिलजंग गुरुङ/कुशल पाण्डे
मञ्च व्यवस्थापक – सञ्जिता सञ्जी
लेखन – गोविन्दबहादुर मल्ल ‘गोठाले’
परिकल्पना/निर्देशन – सुदाम सिके