Description
इतिहास, समयको दस्तावेज हो । दस्तावेज, कैंयन् पात्रहरुको संघर्ष र सपनासँग जोडिएको हुन्छ । संघर्षरत सबै पात्रहरु सफल नै हुन्छ भन्ने छैन । असफल सबै पात्रहरु सम्झिन लायकका हुँदैनन् भन्ने पनि हुँदैन । उसो त इतिहासका पानाहरु प्रायः कसै न कसैको सपनाहरु कुल्चेर, भत्काएर, रेटेर खडा भएको, इतिहासका ठेलीहरु पल्टाएर हेर्ने हो भने पनि प्रष्ट देखिन्छन् । इतिहासमा त्यस्ता थुप्रै पात्रहरु छन्, जसले आप्mनो जीवनभर इमान्दारीका साथ कर्म गरे । अन्त्यमा, हात लाग्यो शून्य भएर जीवन नै उथलपुथल भएका छन् । अझ भनुँ, सर्वोस्व गुमाउनु परेको छ । युगौं युग छिचोलेर अहिलेको युगसम्म आइपुग्दा पनि इतिहासले षड्यन्त्रका जालो बुन्न छोडेको छैन । न भ्रमका पर्दाहरु च्यात्ने आँट देखाउन सकेको छ । हरेक क्षेत्रमा मौलाएका भ्रष्ट मन, सम्बन्ध र सभ्यताले इतिहासलाई षड्यन्त्रका ठेली मात्र बनाएका छन् । इमान्दारीका साथ कर्म गर्ने कुनै पनि क्षेत्रका प्रायःले पाउने पुरस्कार भनेको घात हो । यसै विषयलाई पछिल्लो समयका रंगकर्मीहरुले भोग्नु परेको समस्याहरु/उनीहरुको पिर व्यथालाई मूलधारमा उनेर बिम्बात्मक रुपमा एउटा कर्मनिष्ठ इमान्दार पात्रले एकोहोरो इतिहास प्रति गरेको शालिन प्रश्न र नयाँ मार्गको सुरुवात हो – नाटक अवान्तर ।
Directional Note
इमान्दारी, मान्छेको ठूलो दुश्मन हो । यसले भ्रमका देउताहरु सामु आफ्नै बलि माग्छ । कुनै पनि क्षेत्रमा इमान्दारीका साथ आफ्नो कर्म एक चित्त भई गर्नेहरुले नै किन हरेक पटक समस्या भोग्नु पर्छ ? किन तिनीहरु प्रति नै यो दुनियाँ औंला ठड्याउँछन् ? कसैको नराम्रो नचिताउनु के अपराध हो ? आफ्नो कला र सिपलाई चुस्त बनाउनु के अपराध हो ? आफ्ना सपना र रहरहरुको पटक पटक आहुति दिएर आफ्नो कर्ममा दत्तचित्त हुनु के पाप हो ? नत्र, यी बन्दन र परिबन्धहरु किन ? यस्तै प्रश्नहरुले जन्माएको हो– नाटक अवान्तर । सपना र यथार्थको अन्तर हामीले बुझेनौं कि बुझ्न चाहेनौं या बुझाउन सकिएन । त्यसको खोजको सुरुवात पनि हो – नाटक अवान्तर । दुनियाँको कथा बाँच्दा बाँच्दै आप्mनै समस्या र पीडालाई प्राथमिकता दिन नसकेका हामी रङ्गकर्मीहरुका समस्याहरुलाई मूलधारमा उनेर इमान्दार पात्रहरु प्रति इतिहासको दृष्टिकोणलाई एक नजर दिने कोसिस गरेको छु, मैले यस नाटक मार्फत् । यस नाटकलाई मञ्चसम्म ल्याउन सम्भव तुल्याउनु हुने कलाप्रेमी अग्रज, आदरणीय मणि थापा दाईको अथक प्रयास र उर्जाका लागि हामी सदैव आभारी छौं । साथै, यस नाटक लेखनका क्रममा मार्गदर्शन गर्नु हुने अग्रज, आदरणीय डा. व्रतराज आचार्य सर प्रति विशेष आभार व्यक्त गर्दै हाम्रो काममा सदैव साथ र सहयोग गर्नुहुने सम्पूर्ण अग्रजहरु, रङ्कर्मी साथीहरु, भाइ बहिनीहरु प्रति नतमस्तक छौं । ...बाँकी तपाईंहरुको प्रतिक्रियाको अपेक्षा । धन्यवाद ।
– राम के.ए.सी.
Cast & Crew
मञ्चमा
जितेन्द्र खड्का (सिमन)
महावीर विश्वकर्मा
केशव रिजाल
कुमार सिम्खडा
एना देउजा
अमृता खनाल
भीष्म जोशी
नेहा पोखरेल
आर.के. तिमल्सिना
परिक्षित बिक्रम राणा
इस्तु कार्की
शंकर भण्डारी
नेपथ्यमा
आलेख सुपरिवेक्षण: डा. व्रतराज आचार्य
भाषा सम्पादन: लक्ष्मण अर्याल
भेषभूषा: भीनमाया प्रजापति (मानन्धर)
सङ्गीत/कविता वाचन: टिकाभक्त जिरेल
पाश्र्व सङ्गीत/स्वर: शिवप्रसाद अधिकारी/रिवाज ब्याण्ड
मञ्च परिकल्पना: टिकाभक्त जिरेल/घनश्याम श्रेष्ठ
मञ्च व्यवस्थापन: पूर्खाजीत राई
कोरियोग्राफी: सुष्मा कोइराला
आवरण कला: गोपाल मानन्धर
मिडिया संयोजन: नज्मा राई
डकुमेन्टेशन: शिक्षा के.सी./एलिजा अधिकारी
भिडियो/फोटोग्राफी: सुमन कोइराला
रंग–संयोजन: मणि थापा
प्रकाश/लेखन/निर्देशन: राम के.ए.सी.

शिरीषको फूल SHIRISHKO PHOOL