Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p><font face="Arial">Badarang</fon

Badarang

Description



व्यापकरुपमा पढिएको र प्रशंसित भएको मेरो नाटक लोचनवंशको साक्ष्य पहिलोपटक समकालीन साहित्य त्रैमासिकमा प्रकाशित भएको थियो । पछि २०६२ सालको असारमा प्रकाशित मेरो पहिलो नाटक संग्रह लोचनवंशको साक्ष्य र अन्य नाटकमा पनि यो नाटक संग्रहित छ ।

यसकारण पनि अहिले मलाई यो नाटक धेरैपटक धेरै पाठकको पठनमा परिसकेको छ भन्न गर्व लागिरहेछ ।

यसलाई मैले काल्पनिक मिथकीय कोणबाट लेखेको हुँ । यही नाटकलाई थिएटर मलले केदार श्रेष्ठको निर्देशनमा ‘बदरङ्गः लोचनवंशको साक्ष्य’ नाम दिएर मञ्चन गरेको हो । नाटकभित्र शासक छ, त्यसको हास्यास्पद मूर्ख चिन्तन र क्रुरतालाई प्रश्रय दिइरहेका त्यसका तथाकथित चाटुकार बौद्धिक तथा पण्डितहरु छन् र तीबाट ज्ञान, तर्क, बुद्धि, इमान्दारिता कसरी क्रुरतापूर्वक प्रताडित भइरहेछन् भन्ने छ । यो नाटकका पात्रहरुजस्ता पात्रहरु आजको हाम्रो राज्यव्यवस्था र समकालीन राजनीतिमा पनि व्याप्त छन् ।

विशेषतः यो नाटकको प्राण वायु मिथकीय कथ्यका तिनै पात्रभित्र सिर्जिएको व्यंग्य हो । अब तपाईं आदरणीय दर्शकहरु ती पात्रहरुलाई मन्चमा पनि जीवन्त भएको देख्नुहुनेछ । आवश्यक अभ्यास र विमर्शपछि नाटक मन्चमा आउँदैछ त्यसकारण ‘बदरङ्गः लोचनवंशको साक्ष्य’ जीवन्त हुने र यसले न्याय पाउनेमा म ढुक्क छु ।

– राजव

हाल ः बोस्टन, अमेरिका

Directional Note

नयाँ समयमा पुरानै परिस्थिति भोगिरहेको बेला हामीले नाटक बदरङ्ग मञ्चन गर्न लागेका हौं । वर्तमान समय र सन्दर्भमा यो नाटकको विषयबस्तु मेल खान्छ कि खाँदैन त्यो यहाँहरुले छुट्याउनु नै हुनेछ । तर हामीले ‘लोकरङ्ग’ युगमा ‘बदरङ्ग’को समय भोगिरहेको नमिठो अनुभुतिका साथ नाटक मञ्चनको परिकल्पना गरेका हौं ।

सरसर्ती हेर्दा नाटकको कथा लोककथाजस्तो लागे पनि यो पूर्ण काल्पनिक कथा हो र यस कथाको कुनै पनि समय र भूगोल छुट्टिँदैन । यसर्थ, नाटक मञ्चनमा पनि सो काल्पनिकतालाई कायम राख्ने प्रयास गरेका छौं । सुस्केरा – थिएटर मलको पहिलो प्रस्तुतीलाई स्वीकार्दै यसको कमीकमजोरी औंल्याइदिनुहुनेछ भन्ने अपेक्षासहित ।

– केदार श्रेष्ठ, निर्देशक

Cast & Crew

मञ्चमा

राजा ः रमेश श्रेष्ठ ‘रोयदिप’

ब्राह्मण ः बासुदेव खनाल

प्रमुख प्रशासक ः आकाश मगर

सन्तदेव ः मानसराज

ज्ञानलोप/गाउँले ः अभय बराल

आँख्ली/गाउँले ः सञ्जिता सञ्जी

मुस्टण्डे ः टंक टाइगर

सहायक पुरातत्वविद्/गाउँले ः प्रदीप भण्डारी

सहायक पुरातत्वविद् २ ः अशोक राई

गाउँले बृद्ध/गोठालो ः अनुज पाण्डे

गाउँले/गोठालो २ ः विजय ताम्राकार

फोटोग्राफर/गाउँले ः सबीर चुरौटे

युवती/रानी ः ममता लामिछाने

सुरक्षाकर्मी १ ः आई.पी. आचार्य

सुरक्षाकर्मी २ ः निशान अधिकारी


नेपथ्यमा

मञ्च निर्माण - होम बिसी, सुरेश कार्की, सागर बिसी

मञ्च निर्माण सहयोगी - आकाश मगर, रामशरण रेग्मी, विभु पौडेल

भेषभुषा परिकल्पना/निर्माण - सञ्जिता सञ्जी

पोष्टर कला - नारायणप्रसाद बोहजु

पब्लिसिटी/मार्केटिङ - प्रदीप भण्डारी, विभु पौडेल

बक्स अफिस/व्यवस्थापन - इलिना नकर्मी, सुशीला अधिकारी

प्रप्स - सुरेश कार्की, इलिना नकर्मी

संगीत संयोजन - रितेश महर्जन, अभय महर्जन (रंग समूह)

गीत - मानसराज/सञ्जिता

प्रकाश परिकल्पना - रामबाबु रेग्मी

प्रकाश परिचालन - रामबाबु रेग्मी, प्रेम पौडेल

निर्देशन सहायक - सुदाम सिके

लेखन - राजव

परिकल्पना/निर्देशन - केदार श्रेष्ठ

Director: Kedar Shrestha