Quarantine: it's your time, 5pm Its Theatre Time
'Quarantine campaign theatre festival'
As we all know not just us but entire world is in lock-down these days because of covid-19 Corona virus. In this critical situation while everything and every sector are paused..We,Nepali theatre also can't make our planned activities happen. Theatre performances can create more critical during covid-19 because we need to perform live between the crowds with many actors and crew. Therefore we are not able to be connected with our regular live performances these days but we can think something out of box..so,we planned to use virtual medium in these digital days. yes,we planned to stream our dramas videos live in our Facebook page for you all beloved audiences and our theatre lovers. We are coming with lots of our popular dramas videos through our Facebook page live to make your lock-down days more easy to spend,to entertain you a bit and to be engaged mentally in your boring days. We also accept the fact that watching dramas videos are not satisfying like watching actors performing live on stage but at least we can do this for some refreshment during lockdown period. We hope you will like it.
For this purpose, Theatre mall-Kirtipur rangamanch and Theatre Centre For Children (TCC, Nepal) is planning to organise 'Quarantine Campaign Theatre Festival ' from World Theatre Day -27th March 2020. We would like to request all theatre artist and organisation to participate with your drama videos.
Time for watching performance is 5pm everyday
we will show different drama everyday.
Live streaming will be on Theatre Mall's fb page (www.fb.com/theatremall) You can watch videos only in live streaming time,after that you can't find it on fb page.So,you need to manage your time to watch drama live.
You can share live streaming publicly but can't download or click and make videos, if found doing so cyber crime will be charged.
Festival goes on for minimum 7 days and can be extend for more days too.
we will be available for interaction about drama and festival in the same page,keep in touch.
Don't panic, Be aware, Stay safe, Stay alert
Kedar Shrestha,festival director,Quarantine Theatre Festival 2020/ Art director, Theatre Centre for Children and Theatre Mall Kirtipur Rangamanch
क्वारेन्टाइन तपाईंको समय हो । कोभिड १९ ले विश्वभरी महामारीको रुप लिइरहेको बेला हामी नेपाली पनि लकडाउनको अवस्थामा घरमै क्वारेन्टाइनमा बसिरहेका छौं । यस्तो विपद, दुःख र भिन्न वातावरणमा नेपाली रङ्गमञ्च (थिएटर)ले नि खास केही गर्न सक्ने अवस्था छैन । रङ्गमञ्च आफैमा त्यस्तो जटिल माध्यम हो जसले दर्शक र जनतासँग नाटकमार्फत प्रत्यक्ष मात्र सञ्चार र संवाद गर्न सक्छ । त्यसकारण रङ्गमञ्चले यो बेला नाटकघरमा वा कुनै पनि मञ्चमा नाटक मञ्चन गरेर सञ्चार र संवाद गर्न सक्दैन । तसर्थ हामीले संकट र जटिल अवस्थामा हाम्रा दर्शक र रङ्गप्रेमीहरुका लागि दैनिक जीवनयापनमा सहज बनाउन र मानसिक रुपमा साथ दिन विशेष परिस्थतिमा भर्चुअल माध्यम प्रयोग गर्दै नाटकको भिडियो भए पनि फेसबुकको भित्तामा मञ्चन गर्दैछौं । यसबाट थिएटरको वास्तविक आन्नद, अनुभूति र अनुभव त लिन सकिदैन तर अहिलेको समयमा हामी यत्ति चाहिँ गर्न सक्छौं । यहाँहरुले स्वीकार्नुहुनेछ भन्ने विश्वास छ ।
यस सन्दर्भमा थिएटर मल–कीर्तिपुर रङ्मञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल) ले मार्च २७ः विश्व रङ्गमञ्च दिवसको दिन चैत्र १४ गतेदेखि ‘क्वारेन्टाइन अभियान नाट्य महोत्सव २०७६’ आयोजना गर्दैछ । यस ‘क्वारेन्टाइन अभियान नाट्य उत्सव’मा आफ्ना नाटकको भिडियोसहित वा यो फेस्टिभललाई जनमानससम्म पुराउन र दुःखमा मानसिक राहत बाँड्नका लागि पोस्ट, शेयर र छलफल गरेर सहभागी हुन सबै रङ्गकर्मीहरुलाई आग्रह तथा अपिल गर्दछौं ।
यो महोत्सव अन्तर्गत हरेक दिन साँझ ५ बजे थिएटर समय हुने
हरेक दिन फरक फरक एक नाटक लाइभ स्ट्रिमिङ गरिनेछ ।
थिएटर मलको फेसबुक पेज Theatre Mall Kirtipur Rangamanch | www.fb.com/theatremall बाट लाइभ स्ट्रिमिङ हुनेछ ।
लाइभ हुन्जेल मात्र नाटक हेर्न पाउनुहुनेछ, त्यसपछि फेसबुक पेजमा नाटक रहनेछैन । त्यसैले रङ्गप्रेमीले साँझ ५ बजे थिएटर टाइम छुट्याउनु पर्नेछ ।
लाइभ भिडियो सार्वजनिक रुपमा शेयर गर्न सक्नुहुनेछ । तर डाउनलोड तथा कुनैपनि क्यामेराले खिच्न पाउनु हुनेछैन । सो विपरित भए सर्वाधिकार र साइबर कानुन लाग्नेछ ।
यो महोत्सव कम्तिमा एक साता देखि अनिश्चितकालसम्म जारी रहनेछ ।
साथै नाटक महोत्सव र नाटकबारे सोही पेजमार्फत अन्तरक्रिया पनि निरन्तर हुनेछ । सहभागी हुनुहोला ।
सचेत रहौं, सजक रहौं, संयमति होऔं, नआत्तिऔं, सुरक्षित रहौं ।
केदार श्रेष्ठ, फेस्टिभल निर्देशक, क्वारेन्टाइन क्याम्पेनिङ थिएटर फेस्टिभल तथा कला निर्देशक थिएटर र थिएटर सेन्टर फर चिल्ड्रेन नेपाल
#againstCOVID19 #quarantinetime ##coronacreatives #QFTheatreFest
-----------------
फेस्टिभल टिम
केदार श्रेष्ठ, फेस्टिभल निर्देशक Kedar Shrestha Kedar Shrestha
प्रशुन सिन्धुलिय, फेस्टिभल प्रस्तुति कोर्डिनेटर Prasun Sindhuliya
सञ्जिता पराजुली, फेस्टिभल कोर्डिनेटर Sanjita Parajuli
रमेश भट्टराई, लाइभ स्ट्रिमिङ कोर्डिनेटर Ramesh Bhattarai
कला अनुरागी, मिडिया कोर्डिनेटर Kala Anuragi
सुजिता महर्जन, पोस्टर डिजाइन Sujita Maharjan
सम्पूर्ण थिएटर मल टिम