Deprecated: method_exists(): Passing null to parameter #2 ($method) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 39

Deprecated: strlen(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/theatremallnepal/public_html/application/core/application.php on line 50
TheatreMall || <p>Yo Kunai Baasa Ho Eka</p>

Yo Kunai Baasa Ho Eka

Description

कथासार र लेखकीय एकै ठाउँमा

यो छोटो एकल काव्यिक शैलीको नाटकको कथा सोझो छैन । यो घुमाउरोगरी अघि बढ्छ । यस नाटककी एकल पात्रा दिवासा समको घर परिसरमा सूत्रधार वा लेखकले भेटेकी पात्र हुन् । नाटकको सुरूमै सूत्रधारले बोलेर यो सबै कुरा खोलिदिन्छ । ती नारी एउटा अर्ध–यथार्थभित्र भेटिएकी पात्र हुन् । तिनको चिन्ता अत्यन्त यथार्थ छ । नाटक सुरू हुँदा नै तिनको व्दन्द, तिनको मनका कुरा सुनिन्छन् । त्यो घरपरिशरमा विवाहित भएर आएकी तिनले समलाई देखिनन् । ती नातिनी पुस्ताकी पात्राका चिन्ताले सजिलो उत्तर पाउँदैनन् । त्यसैले नाटक दिवासाका मनको चिन्ता र खोजबाट सुरू हुन्छ अनि त्यसैमा अन्त हुन्छ । यो नाटकमा उनले अन्तिम उत्तर भेटेकी छैनन् । ती समको जगतमा पस्ने प्रयाश गर्दागर्दै समका नारी पात्रहरूको जगतकी एक पात्रा हुन्छिन् । यसमा नाटककारले दिवासाको यही व्दन्द र उनको खोजीबाट पसेर समका नारी पात्रहरूको नाटक लेखेको प्रष्ट हुन्छ । नाटकमा दिवासा यथार्थबाट नाटकको संसारमा पस्दैजान्छिन् । समको संसारमा नारी धेरै किसिमका छन् । कोही उनका नाटकमा सोझै भेटिन्छन् । कोही सङ्केतबाट भेटिन्छन् । जस्तो कि अमरसिंह नाटकमा पुरूषकेन्द्रित कथा छ, तर भित्री कथामा नारी छन् । नालापानीमा नारीहरूले साहशपूर्बक अङ्ग्रेजको घेरा वास्ता नगरी निस्केर पानी खान हिंडेर खोलामा गएका बिम्ब छन् । दिवासा यतिमात्र होइन, यो देशका शासक बर्गका नारीको संसारमा पनि पस्छिन् । रानी राजेन्द्रलक्ष्मी र कोतपर्बमा उनको भूमिका विषयका बिम्ब छन् । दिबासा सबै पाठहरूमा प्रयोग गरिएकी तर साहश र व्यक्तित्व भएकी नारी पात्रको रूपमा अवतार फेर्दै जान्छिन् । यो उनको नारी चेतनाले बोल्ने काव्यिक कल्पना हो । तिनी समका पाठसँगै इतिहासभित्र पस्छिन्, अनि त्यतैबाट बाहिर निस्किन्छिन्। त्यसपछि उनी आफ्नै मनभित्र पस्छिन् । यो सानो काव्य नाटकमा दिवासा समका नाटकमा नभएका तर बिम्बमा आउँने नारी भएर बोल्छिन् । समका केही नारी पात्र भएर बोल्छिन् अनि सबै कुरा गरेर आफनै मनभित्र फर्किन्छन् । उनी यस्तो जटिल यात्रा गर्दा नाटककार समकै साहारा लिन्छन् । उनलाई बाजे भनेर सम्बोधन गर्छिन् र आफ्ना कुरा र समस्या राख्छिन् । नाटकमा नाटककार पनि बोल्छन् । यसरी यो नाटकको व्दन्द र सम्बाद दिवासाको एक्लो कथा हो । तर त्यसमा उनले नाटककार समलाई पनि ल्याउँछिन् । दिवासाको नाटक त्रिकोणात्मक छ । लेखक यस त्रिकोणात्मक नाटकको रचनाकार हो । त्यसैले यो सबैको संयोजन गर्दा उसले सबै पक्षलाई लिएको छ । नाटकको सुरूमै दिवासा नेपालको इतिहासभित्र पस्छिन् । समको कला र नाटकीय पक्षलाई उनले सँगै सम्बोधन गरेकी छन् । अनि त्यसपछि उनी समयको अलिक पहिलेको घटनातिर फर्केर नालापानीको युध्दका प्रसङ्ग समको कला र नाटकीय पक्षलाई उनले सँगै सम्बोधन गरेकी छन् । अनि त्यसपछि उनी समयको अलिक पहिलेको घटनातिर फर्केर नालापानीको युध्दका प्रसङ्ग ल्याउँछिन् । दिवासाका निम्ति नेपालको इतिहासमा नारीको शक्तिसँगको कथा एउटा काव्यिक चिन्तामा भेटिन्छ । त्यसैले दिवासाको यात्रा मनको यात्रा हो । समका नाट्यजगतले जागरूक गरेको अनुत्तरित काव्यिक व्दन्द हो । इतिहासमा जङ्गबहादुरको उदय भएका बिम्ब छन् जुन कुरा समले सोझै लेखेका छैनन् । दिबासा समका नाटकका पात्राका अवतार लिन्छिन्। “मुकुन्द इन्दिरा” नाटककी पात्रा इन्दिरा हुन्छिन् । ऊ “म” नाटककी पात्रा इन्द्रबीरकी पत्नी र प्रेमिकाको अभिनय गर्ने प्रभा हुन्छिन् । ऊ “मुटुको ब्यथा”की कपिला हुन्छिन् जो आफुलाई माया गर्ने माधवलाई प्रेम गर्न नसकेर आफ्नै प्रेमीको सम्झनामा जलिबस्छे । तर दिबासा समका परम्परित प्रेम र नारीको पतिभक्तिका कथालाई आलोचना गरिरहन्छिन् । माथिका अनेकौं व्दन्द र नमिल्दा कथाको नाटक गर्दा दिबासा आप्mनो शरीरको भावभङ्गिमालाई प्रयोग गर्छिन् । उनी खुबै नाच्छिन् । नृत्य भनेको ठाउँ र समयलाई तोडेर एउटा भावमा परिणत गर्ने कला हो । यस नाटककी कलाकार नृत्याङ्गना सुष्मा कोइरालाले त्यसको राम्ररी प्रयोग गरेकी छन् । यस नाटकका युवा निर्देशक घनश्याम श्रेष्ठले सानो नाट्यमञ्चको रचना गर्दा त्यही काल र नृत्यलाई मिलाउँने कुराको चिन्ता राखेका छन् । दिबासा नाटकको अन्त्यतिर समको घरपरिशर र उनको कलाका संसारमा प्रवेश गर्छिन् । त्यहाँ उनका नाटककारसँग गरिएका प्रश्नहरू काव्यिक र जटिल छन् । दिवासा समको नाटक “प्रल्हाद”बाट समले लेखेका मानिस र युध्द अनि फेरि ज्ञान र विज्ञानका अभिव्यक्ति उच्चारण गर्छिन् । नाटककारसँगको सम्बाद काव्यिक हुन्छ । अनि नाटक “प्रेमपिण्ड”को जटिलतालाई दिबासाले समकै शैलीमा काव्य–नाटकको सम्बाद बोलेर नारीको अवस्थाको बिडम्बनालाई व्यक्त गर्दै सकिन्छ । दिवासा एउटी काल्पनिक पात्र हुन् जस्लाई रचना गर्ने प्रेरणा मैले नाटकमा भनेजस्तै अत्यन्त काव्यिक र सकारात्मक चिन्ता भएकी महिलाबाट पाएको थिए“ । तर यो नाटककी पात्रा दिवासाका बोलीको जटिलतालाई उत्प्रेरणा दिनेसँग भने जोड्न मिल्दैन । यी अलग पात्राहरू हुन् । तर ती चिन्ता र खोजीका लयमा भेट हुन्छन् । यो विषय यथार्थ र साहित्य पाठ रचनाको विषय हो, जस्को यहाँ छलफल गर्ने ठाउँ छैन । यो छोटो एकल सम्बाद नाटकको आधार त्यही सम्मान र अनुत्तरित चिन्ताले बनिएको छ । – अभि सुवेदी, लेखक

Directional Note

नाट्यसम्राट समलाई यस नाटककी पात्र दिवासाले झैं मैले पनि देखेको हैन । मैले उनलाई मेरो विद्यार्थी जीवनदेखि नै कतै न कतै, कसै न कसैबाट सुनेको थिए । सुनेकै भरमा पनि उहाँको व्यक्तित्वको म कल्पना गर्थे र मन्त्रमुग्ध हुन्थे । एउटा यस्तो व्यक्तित्व जसले मलाई सधै उर्जा प्रदान गरिरहयो । आज त्यस व्यक्तित्वलाई अझ नजिकबाट महशुस गर्न अभि सुवेदी सरले मलाई मौका दिनुभएको छ । समप्रति समर्पित एकल काव्यात्मक नाटक भनेर उहाँले मलाई नाटकको आलेख पठाउने बितिकै म एकदमै रोमाञ्चित भईसकेको थिए । त्यसमाथि काव्यात्मक पनि रहे पछि मलाई के चाहियो । यो नाटक गर्न मैले केही सोचिन । मैले नदेखेको, नभेटेको व्यक्तित्वलाई मञ्चसम्म जीवन्त उतार्नु मेरो लागि कम कठिन विषय थिएन । तर मनमा यो अठोट थियो – म यस नाटकलाई जसरी पनि मञ्चमा उतार्छु । त्यस लगतै अभि सुवेदी सर, साथी सुष्मा कोइराला र अन्य साथीहरुसँगको पटक पटकको भेटले मलाई यस नाटकलाई मूर्त रुप दिनमा दिनादिन झन–झन हौसाउँदै गइरहेको थियो । अझ भनुँ एक प्रकारको हुत्हुति नै थियो । आज त्यहि हुत्हुतिलाई मञ्च भरी पोख्ने जमर्को गरेको छु । थाहा छैन कस्तो भयो । यसको मुल्याड्ढन तपाई दर्शकबाट हुन्छ भन्नेमा पूर्ण विश्वस्त छु । अन्त्यमा, यो नाटकलाई मूर्त रुप दिन मलाई साथ र सहयोग गर्नुहुने सम्पूर्णप्रति म आभारी छु । धन्यवाद । – घनश्याम श्रेष्ठ, निर्देशक

Cast & Crew

मञ्चमा

शुष्मा कोइराला

कोरस: एना देउजा, रविना श्रेष्ठ

नेपथ्यमा

भेषभूषा: मञ्जु आले मगर

आवरण: घनश्याम श्रेष्ठ

मञ्च निर्माण: रामशरण रेग्मी/सुरेश कार्की/डम्बर बहादुर भण्डारी

मञ्च व्यवस्थापन: शंकर भण्डारी

संगीत: नविन महर्जन/प्रवेश महर्जन, सञ्जय श्रेष्ठ वृक्ष व्याण्ड

प्रकाश परिकल्पना/परिचालन: राम के. ऐ. सी.

नेपथ्य स्वराड्ढन: डा. अभि सुवेदी

कोरियोग्राफी: शुष्मा कोइराला

रेकर्डिङ: महावीर विश्वकर्मा

पेन्टिङ्ग: शुभद्रा महर्जन/ज्योस्च शारु/प्रशन्न बुढामगर/विवेक श्रेष्ठ/हरिराम अधिकारी/घनश्याम श्रेष्ठ

स्कप्चर: लक्ष्मण भुजेल, इन्दिरा श्रेष्ठ

बजार व्यवस्थापन/मिडिया संयोजन: केदार श्रेष्ठ

अतिथि सत्कार: राजेन्द्र भट्ट/अर्जुन पौडेर्ल/निशान अधिकारी/प्रशान्त मैनाली

फोटोग्राफी/भिडियो: सुमन कोइराला

लेखन: डा. अभि सुवेदी

मञ्च/परिकल्पना/निर्देशन: घनश्याम श्रेष्ठ